काठमाडौं-सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले भण्डारीको सफल कार्यकालको कामना गरेका छन्। साथै, उनले कोषको गरिमा कायम राख्दै सर्वसाधारणको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति पूर्ण रूपमा कटिबद्ध भएर काम गर्न भण्डारीलाई निर्देशन दिएका छन्।
