Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह
A A+ A-

काठमाडौं: नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाका सम्बन्धमा केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापित र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त संस्था भएको उल्लेख गर्दै कम्पनीले आफ्नो प्रतिष्ठा र जनविश्वासलाई सम्पत्तिका रूपमा लिएको जनाएको छ। कम्पनीले आफू प्रचलित ऐन, कानुन तथा सुशासनका मूल्य र मान्यताअनुसार क्रियाशील रहेको स्पष्ट पारेको छ।

खरिद प्रक्रियाका सन्दर्भमा कम्पनीले आफ्नो आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी स्ट्यान्डर्ड बिड डकुमेन्टलाई आधार मान्ने गरेको छ। कम्पनीले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ बनाउने तथा देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा कुनै पनि विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक विवरणका लागि कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता एवं सूचना तथा प्रकाशन शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ। कम्पनीले सञ्चारमाध्यमहरूलाई संस्थागत हित र विकासमा सकारात्मक सहयोग पुर्याउन अनुरोध गरेको छ।

2