Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

अर्थमन्त्री वाग्लेको आग्रह, राष्ट्र बैंकले भूमिका पुनः परिभाषित गर्नुपर्छ

अ+ अ-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले आफ्नो भूमिका पुनः परिभाषित गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई केवल सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन आवश्यक रहेको बताए। उनले सरकारको सोच, नीति र कार्यसम्पादन एउटै दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

विगत एक दशकको आर्थिक अवस्थाको समीक्षा गर्दै उनले नीतिगत निर्णय भए पनि कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे। चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीसँग जोड्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध निर्माण गर्ने विषयमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक रहेको बताए।

उनले डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणको विकास र विस्तारका लागि पनि उपयुक्त नीतिगत वातावरण बनाउनुपर्नेमा जोड दिए।

राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा नभई आर्थिक रूपान्तरणको साझेदार र सह–निर्माताका रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आवश्यक कानुनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। त्यसअनुसार मौद्रिक नीतिमा पनि स्पष्टता, समन्वय र गति आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा उठेका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गरे।

2