Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

जथाभावी धूम्रपान रोक्न काठमाडौं महानगरको नयाँ व्यवस्था

अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा हुने अव्यवस्थित धुम्रपान र हुक्का प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्न सूचना जारी गरेको छ ।

कार्यालयका अनुसार, काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का र चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवन भइरहेको र त्यसबाट धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो प्राप्त भएपछि यो कदम चालिएको हो ।

होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले प्रचलित कानुनी व्यवस्थाको पालना नगरेको पाइएकाले प्रशासनले विशेष ध्यानाकर्षण गराएको छ।

प्रशासनले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८’ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। सूचना अनुसार होटल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिने गरी छुट्ट्याउनुपर्नेछ । त्यस्तै धुम्रपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द गरी अन्य कसैलाई पनि असर नपर्ने गरी व्यवस्थित गर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट यसको नियमित अनुगमन गरिने सूचनामा जनाइएको छ । यदि अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेको पाइएमा ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८’ को दफा १७ बमोजिम अधिकतम कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख छ ।

2