Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

समयमै काम पूरा नगर्ने ४ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

अ+ अ-

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले विभिन्न ३ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए अनुसार कार्यालयको निर्णयबाट यो कारबाही गरिएको हो। सूचनामा उल्लेख भए अनुसार कालोसूचीमा परेका व्यवसायीहरूले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

दिपायल सिलगढी नगरपालिकाको सिफारिसमा इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. (मुख्य व्यक्ति: अशोक गैह्रे) लाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी, सप्तकोशी नगरपालिका, सप्तरीको सिफारिसमा अपन निर्माण सेवा (मुख्य व्यक्ति: सन्तोष कुमार पैकडा) लाई २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

यस्तै, थलरा गाउँपालिका, बझाङको सिफारिसमा खप्तड-बि.एल.बि.-नमादेउ जे.भि. र यससँग आबद्ध तीनवटै निर्माण सेवाहरू (खप्तड निर्माण सेवा, बि.एल.बि. कन्स्ट्रक्सन र नमादेउ निर्माण सेवा) लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

साथै, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सप्तरीको सिफारिसमा एम.आर.-आर्यन जे.भि. र यसका साझेदार कम्पनीहरू (एम.आर. कन्स्ट्रक्सन र आर्यन कन्स्ट्रक्सन मल्टिपरपोज प्रा.लि.) लाई पनि ३ वर्षकै लागि कालोसूचीमा राख्ने निर्णय गरिएको छ। यो सूचना प्रकाशित भएको मितिदेखि नै यी सबै प्रतिबन्धहरू लागू हुने कार्यालयले जनाएको छ।

2