Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

भदौ ९ देखि नाडा अटो शो, अग्रिम टिकटमा ५० प्रतिशतसम्म छुट

अ+ अ-

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार अटो शोको अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको व्यवस्था गरिएको छ । यो अफर खल्ती एपसँगको सहकार्यमा ल्याइएको हो ।

खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत अग्रिम टिकट खरिद गर्नेले साधारण (जनरल) र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । नाडाले यो छुट सीमित अवधिका लागि मात्रै उपलब्ध हुने भएकाले समयमै टिकट खरिद गर्न आग्रह गरेको छ ।

यस वर्षको अटो शोमा एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको छ । प्रदर्शनीमा विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट तथा वित्तीय र बिमा सेवासम्बन्धी प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

नाडाले आफ्नो ५० वर्षे यात्रा स्मरणीय बनाउने उद्देश्यसहित आयोजना गर्न लागिएको अटो शोमा अटोप्रेमी, युवा, विद्यार्थी तथा सर्वसाधारणलाई सहभागिता जनाउन आह्वान गरेको छ ।

2