Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक गरिने

अ+ अ-

आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङका विद्युतीय बस नाइमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ ।

हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको कम्पनीले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस मोडल सार्वजनिक गर्ने जनाएको हो ।

कम्पनीका अनुसार डोङफेङ चीनको सरकारी स्वामित्वमा रहेको प्रमुख अटोमोबाइल उत्पादक कम्पनी हो । सन् १९६९ मा स्थापना भएको कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी र अटोमोबाइलका विभिन्न पार्टपुर्जाको उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुने तथा नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार र माइक्रोबस बिक्री हुँदै आएका छन् ।

आयाम इन्टरकन्टिनेन्टलले नेपालमा विद्युतीय सार्वजनिक यातायातप्रति बढ्दो माग र सरकारको विद्युतीय सवारी प्रवर्द्धन नीतिलाई ध्यानमा राख्दै डोङफेङका बस भित्र्याएको जनाएको छ । कम्पनीले एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार निकट भविष्यमा ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाली बजारमा ल्याइनेछ ।

बसको मूल्य र विस्तृत प्राविधिक विवरण भने एक्स्पोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ बसहरू हाल नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डका समान श्रेणीका बसको तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइनेछ । साथै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना पनि ल्याइनेछ ।

बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको व्यवस्था हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा कार्यालय तथा डिलर सञ्जालमार्फत देशका विभिन्न सहरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

2