Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

करदाताको सम्मान र युवाको उद्यमशीलता राज्यको प्राथमिकता हुनुपर्छः लामिछाने

अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यलाई सबैभन्दा बढी कर तिर्ने करदाताको सधैँ सम्मान हुनुपर्ने बताएका छन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले करमार्फत राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

सरकारले चार महिना बितिसक्दा पनि अपेक्षित काम गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले विस्तारै काम अघि बढाइरहेको दाबी गरे। आगामी दिनमा सरकारका कामको परिणाम देखिने गरी अघि बढिरहेको उनको भनाइ थियो।

सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए। सरकार गलत दिशातर्फ अघि बढे त्यसलाई रोक्न आफूहरूले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

लामिछानेले सरकार युवाकेन्द्रित रहेको दाबी गर्दै युवाहरूलाई स्वदेशमै केही गर्ने उद्देश्यका साथ ढुक्क भएर अघि बढ्न आग्रह गरे। विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै देशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित हुनुपर्ने उनले बताए।

युवाहरूले देशभित्रै सम्भावना खोजेर अघि बढे राज्यले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले उद्यमशीलताको विकासमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताए।

2