Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

निसान टेकटन ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा सार्वजनिक हुँदै

अ+ अ-

काठमाडौं । निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुने भएको छ। निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटन नेपालमा सार्वजनिक गर्न लागेको हो।

कम्पनीका अनुसार टेकटनको नेपालमा पहिलो सार्वजनिक प्रदर्शन अगस्ट ११ अर्थात् भदौ २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा तयार गरिएको टेकटन गत जुलाई ९ मा भारतको मुम्बईमा विश्वव्यापी रूपमा सार्वजनिक गरिएको थियो। दक्षिण एसियाली बजारलाई लक्षित गर्दै ल्याइएको यो एसयूभीले निसानको लामो एसयूभी विरासतलाई आधुनिक डिजाइन र प्रविधिसँग जोडेको कम्पनीको दाबी छ।

निसानको फ्ल्यागशिप एसयूभी ‘पेट्रोल’बाट प्रेरित टेकटनमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, अपराइट स्टान्स, सिग्नेचर सी–सेप्ड एलईडी लाइटिङ र होरिजोन्टल फ्रन्ट डिजाइन दिइएको छ। सहरी सडकदेखि पहाडी राजमार्गसम्म प्रभावशाली उपस्थिति दिने गरी एसयूभी तयार गरिएको कम्पनीले जनाएको छ।

टेकटनको इन्टेरियरमा ‘टेक–लिंक एचडी इन्फोटेनमेन्ट सिस्टम’ उपलब्ध छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा दिइएको छ। इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यु क्यामेरा, ई–सिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिसले ड्राइभिङ तथा यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

एसयूभीमा ७०० लिटरसम्मको बुट स्पेस, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा लगायतका सुविधा छन्। त्यस्तै, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङजस्ता एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) पनि उपलब्ध छन्।

पावरट्रेनतर्फ टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसले अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ।

टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन र ई–सिफ्टर दिइएको छ। यसले सहज गियर परिवर्तन, राम्रो नियन्त्रण र ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

नाइमा मोबिलिटी एक्स्पोमा सहभागी आगन्तुकले निसान टेकटनलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको डिजाइन, प्रविधि र विशेषताबारे जानकारी लिन सक्नेछन्। साथै, निसानका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने ६ दिने नाइमा मोबिलिटी एक्स्पोमा टेकटनलाई पायोनियर मोटो कर्प तथा निसानको स्टलको प्रमुख आकर्षणका रूपमा प्रदर्शन गरिनेछ।

2