Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

लुकाएर राखेको ग्यास सिलिन्डर भेटिएपछि पसलेलाई ५० हजार जरिवाना

अ+ अ-

नेपालगन्ज । नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो ।

‘ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,’ सहायक प्रजिअ गुरूङले भने ।

उनका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार जरिवाना गरिएको हो । अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको थियो ।

बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भएको गुनासो आउन थालेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयतादेखि बजार अनुगमन हुँदै आएको छ। केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ।

2