Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

अ+ अ-

काठमाडौं । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोडल ‘एक्स४७’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ।

कम्पनीका अनुसार क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको एक्स४७ दैनिक आवागमनसँगै एड्भेन्चर तथा रोमाञ्चक राइडिङमा रुचि राख्ने ग्राहकलाई लक्षित गरी विकास गरिएको हो। नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा अल्ट्राभायोलेटका इलेक्ट्रिक मोटरसाइकलको विकल्पसमेत विस्तार भएको छ।

वैद्यज अर्गनाइजेशनले यसअघि नेपाली बजारमा अल्ट्राभायोलेटका एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुलाएको थियो। एफ–७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ–७७ रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो।

कम्पनीका अनुसार एफ–७७ मा १०.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा ३२३ किलोमिटर आईडीसी रेन्ज दिने दाबी गरिएको छ। मोटरसाइकलमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ।

एफ–७७ ले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ। त्यस्तै, ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ अवस्थामा मोटरसाइकलको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पोको अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार उक्त मूल्य एक्स्पो अवधिका लागि विशेष मूल्य हो र एक्स्पोपछि मोटरसाइकलको मूल्य बढाइनेछ।

एक्स४७ को सार्वजनिकसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरेको छ। नयाँ मोडलमार्फत दैनिक आवागमनदेखि लामो दूरी र एड्भेन्चर राइडिङसम्मका लागि उच्च प्रदर्शन, आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।

2