Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

धनुषा डिष्टिलरीले आईपीओ ल्याउने

अ+ अ-

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई विक्री गर्नेछ ।

सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिई गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ । हाल कम्पनीले प्रिमियम ब्रान्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने र गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने योजना बनाएको छ । साथै, नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्य कम्पनीले राखेको छ ।

2