Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

हिमालयन डिस्टिलरीको नाफा २८ प्रतिशत बढ्यो, पुग्यो १ अर्ब २० करोड

अ+ अ-

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा नाफा र व्यापार दुवैमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा खुद नाफा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको ९४ करोड १४ लाख रुपैयाँको तुलनामा २८.१३ प्रतिशत बढी हो।

कम्पनीको नाफा बढ्नुमा बिक्री आम्दानीमा भएको सुधार मुख्य कारण देखिएको छ। गत आव कम्पनीले ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँको कुल व्यापार गरेको छ। अन्तःशुल्क कट्टीपछिको खुद बिक्री आम्दानी ४ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको खुद बिक्री आम्दानी मात्रै करिब ६६ करोड रुपैयाँले बढेको छ। बढ्दो बिक्रीसँगै कम्पनीको कुल नाफा पनि ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले गत आवमा कर्मचारी खर्चतर्फ ४७ करोड ९१ लाख रुपैयाँ र प्रशासनिक खर्चतर्फ १९ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। खर्च बढे पनि सञ्चालनस्तरमा कम्पनीले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको छ।

नाफा बढेसँगै सरकारलाई बुझाउने करमा पनि कम्पनीको योगदान बढेको छ। कम्पनीले गत आवमा आयकरबापत ४२ करोड ६७ लाख रुपैयाँ सरकारलाई भुक्तानी गरेको जनाएको छ।

कम्पनीको वित्तीय सुधारको प्रभाव प्रतिसेयर आम्दानीमा पनि देखिएको छ। गत आवमा प्रतिसेयर आम्दानी ३२.७१ रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी २५.५३ रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.४३ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा रहेको छ।

हिमालयन डिस्टिलरीले बजारमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा सरकारी नीतिमा हुने परिवर्तनलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। मदिरा उद्योगमा कर नीति, लागत र बजार प्रतिस्पर्धाले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी दिनमा यी पक्ष महत्वपूर्ण रहने देखिन्छ।

यद्यपि, कम्पनीले उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पोर्टफोलियो विस्तारलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार गोल्डेन ओक र ब्ल्याक ओक लगायतका ब्रान्डले बजारमा राम्रो माग कायम राखेका छन्।

यसले हिमालयन डिस्टिलरीको सुधार केवल बिक्री बढ्नुमा मात्र सीमित नरहेको देखाउँछ। नयाँ उत्पादन र ब्रान्ड विस्तारमार्फत बजार हिस्सा जोगाउने रणनीतिले पनि कम्पनीलाई साथ दिएको देखिन्छ। बढ्दो प्रतिस्पर्धाबीच बिक्री विस्तार, ब्रान्डको माग र सञ्चालन मुनाफामा आएको सुधारले आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनका लागि आधार तयार गरेको छ।

2