काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा ४० रुपैयाँको वृद्धि भएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
