Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

जीवन विकास लघुवित्तको नाफा ५३% बढ्यो

अ+ अ-

काठमाडौं । मर्जरको तयारीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ७० करोड ६४ लाख रुपैयाँको तुलनामा ५३.२० प्रतिशत बढी हो ।

संस्थाको नाफा वृद्धिमा ब्याज तथा कमिसन आम्दानीको सुधारले मुख्य भूमिका खेलेको छ । समीक्षा अवधिमा ब्याज आम्दानी ११.८६ प्रतिशत बढेर २ अर्ब ३५ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन आम्दानी १२.३२ प्रतिशत बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो आवमा ४५ रुपैयाँ ९९ पैसा रहेको ईपीएस गत आवमा बढेर ६१ रुपैयाँ ८० पैसा पुगेको छ ।

संस्थाको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा ६.६५ प्रतिशत रहेको एनपीएल गत आवमा ५.३३ प्रतिशतमा झरेको हो । यसले कर्जाको गुणस्तरमा केही सुधार आएको देखाउँछ ।

संस्थाको सीडी रेसियो १२५.१० प्रतिशत, बेस रेट ११.१६ प्रतिशत, स्प्रेड दर ७.१९ प्रतिशत र कस्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ । तरलता अनुपात ८.७४ प्रतिशत कायम छ ।

जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १ अर्ब ४० करोड १६ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ २७९ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २०.२३ गुणा रहेको छ ।

संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड १६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । उपलब्ध विवरणअनुसार संस्थाको लाभांश क्षमता ८०.०४ प्रतिशत देखिएको छ ।

मर्जरको तयारीमा रहेको संस्थाका लागि नाफा, आम्दानी, खराब कर्जा र प्रतिसेयर आम्दानीमा आएको सुधार वित्तीय रूपमा सकारात्मक संकेतका रूपमा देखिएको छ ।

2