Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

प्रभु महालक्ष्मी लाइफको नाफा ३७ करोड ५५ लाख

अ+ अ-

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफामा सामान्य वृद्धि भए पनि कम्पनीको बीमाशुल्क आर्जनमा भने उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ६ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो बीमाशुल्क ५ अर्ब १७ करोड रुपैयाँ रहेकोमा २०.९६ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६ अर्ब ६१ करोड रुपैयाँ रहेको कुल आम्दानी गत आवमा बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कम्पनीको कुल खर्च ६ अर्ब २४ करोड रुपैयाँबाट बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको महाविपत्ती कोषमा १४ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । यस्तै, रिटेन्ड अर्निङ ४२ करोड ८२ लाख रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.५८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ६१.२० गुणा कायम भएको छ ।

2