Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सर्वसाधारणका लागि नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग खुला गर्ने तयारी

अ+ अ-

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुला गर्ने तयारी तीव्र पारिएको छ।

हाल सुरुङमार्ग एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक १५० देखि २०० वटासम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्गबाट आवतजावत गरिरहेका छन्।

यस्ता सवारीसाधनलाई निःशुल्क आवतजावतको व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि सुरुङमार्ग सञ्चालन गर्नुअघि अन्तिम चरणका सुरक्षा परीक्षण र आपत्कालीन अभ्यास भइरहेको छ। आयोजनाअन्तर्गतको आपत्कालीन उद्धार समूहले सुरुङभित्र उद्धारसम्बन्धी अभ्याससमेत सम्पन्न गरेको छ।

उद्धार समूहमा काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन समूह सहभागी छन्।

सुरुङभित्र आगलागी भएमा त्यसलाई नियन्त्रण गर्ने तथा यात्रुले भरिएका बसमा आगलागी हुँदा यात्रुको उद्धार गर्ने विषयमा पनि अभ्यास र अध्ययन भइरहेको छ। सुरुङ सञ्चालनका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको आयोजनाले जनाएको छ।

सुरुङमार्ग सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले अब ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्नेछन्। उक्त योजनाको अध्ययन र स्वीकृतिपछि सुरुङमार्ग चरणबद्ध रूपमा सर्वसाधारणका लागि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइनेछ।

सुरुआती चरणमा साना सवारीसाधनलाई सीमित गतिमा सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। ठूला सवारीसाधन दुर्घटनामा परेमा उद्धार गर्ने सम्बन्धमा आवश्यक अभ्यास पूरा नभएकाले पहिलो चरणमा साना सवारीसाधनलाई मात्र प्रवेश अनुमति दिने तयारी गरिएको हो।

आयोजनाका अनुसार आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गबाट आवतजावत गर्न अनुमति दिने गरी तयारी भइरहेको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन साउनको दोस्रो साता पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोको उपस्थितिमा गरिएको थियो।

उद्घाटनपछि सुरुङमार्गलाई तत्कालै नियमित रूपमा सर्वसाधारणका लागि खुला नगरी आकस्मिक तथा आपत्कालीन सेवाका सवारीसाधनका लागि मात्र प्रयोग गर्न दिइएको हो।

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गा हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको यात्रा समय र दूरी घट्ने अपेक्षा गरिएको छ। यसबाट इन्धन खपत तथा ढुवानी लागत घट्नुका साथै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर लामो छ। आपत्कालीन उद्धार तथा वैकल्पिक आवागमनका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ निर्माण गरिएको छ।

सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर (टोल शुल्क) तोकिएको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर शुल्क निर्धारण गरिसकेको छ। काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने सवारी चाप घट्नुका साथै काठमाडौं प्रवेश गर्ने मुख्य नाकामध्ये एकमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

2