काठमाडौं । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा २ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । अघिल्लो आवमा १४ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको यो कम्पनीले गत आवमा भने १७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, कम्पनीको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेकोमा रिटेन्ट अर्निङ १ करोड ९० लाख रुपैयाँ र रिजर्भमा ३ करोड ८ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको इपीएस ७.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.६३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११६.६३ रुपैयाँ र तरलता अनुपात ५.३५ गुणा रहेको छ ।
