मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीबाट ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ सञ्चित भएको छ। गत असार मसान्तसम्म मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा उक्त रकम मौज्दात रहेको हो।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा ७ करोड १६ लाख ३२ हजार रुपैयाँ, सांग्रिला बैंकमा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ, प्रभु बैंकमा ५५ लाख ६४ हजार रुपैयाँ, नेपाल बैंकमा ११ लाख २३ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकमा १७ हजार ५०० रुपैयाँ मौज्दात रहेको छ।
