Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सन नेपाल लाइफद्वारा उत्कृष्ट एडीएम र अभिकर्ता सम्मान

अ+ अ-

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लवमा योग्य अभिकर्तालाई सम्मान तथा प्रोत्साहन गरेको छ।

पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले एडीएम तथा अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ता कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार रहेको उल्लेख गर्दै उनीहरूको वृद्धि, विकास, प्रोत्साहन र सम्मानलाई प्राथमिकतामा राखिने बताए। आगामी दिनमा पनि अभिकर्ताको क्षमता विकास र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो।

प्रमुख मार्केटिङ अफिसर चौलागाईंले अभिकर्ता तथा एडीएमले कम्पनीबाट प्राप्त गर्ने सेवा तथा सुविधाका साथै एडीएमको भूमिका र बिक्री नीति २०८३/८४ का प्रमुख विषयबारे जानकारी गराए। उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा सक्रिय हुन अभिकर्तालाई आग्रह गरे।

कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लवमा आबद्ध उत्कृष्ट अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप ऊर्जा र उत्साह बढाउनुका साथै आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

2