Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बैंकिङ कसुरमा १७ लाख जरिवाना तोकिएका फरार पक्राउ

अ+ अ-

झापा । बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका झापाका ५६ वर्षीय हर्कधन सेवा पक्राउ परेका छन्।

शिवसताक्षी नगरपालिका–११ दुधे निवासी सेवालाई उच्च अदालत विराटनगरको इलाम इजलासले चार वर्षअघि बैंकिङ कसुर मुद्दामा उक्त जरिवाना सुनाएको थियो। फैसला कार्यान्वयन नभएपछि उनी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले शुक्रबार उनलाई घरनजिकैबाट पक्राउ गरेको हो।

झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने प्रक्रिया अघि बढाइएको छ।

2