Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनसँग निर्यात बढाउन निजी क्षेत्रको जोड

चीनसँग निर्यात बढाउन निजी क्षेत्रको जोड
अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच नेपाल–चीन व्यापार तथा लगानी सहकार्य विस्तारबारे छलफल भएको छ।

सोमबार महासंघ सचिवालय टेकुमा भएको भेटमा दुवै पक्षले परम्परागत व्यापारिक सम्बन्धलाई लगानी, प्रविधि, संयुक्त उद्यम, पर्यटन र निर्यात प्रवर्द्धनमा आधारित दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले चीनसँग नेपालको व्यापारमा आयातको तुलनामा निर्यात निकै न्यून रहेको भन्दै नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच विस्तार गर्न चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए। चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिङ्गिङ बाउललगायत वस्तुको निर्यात बढाउन सकिने उनको भनाइ थियो।

‘अब हाम्रो प्राथमिकता प्रदर्शनीमा सहभागिता मात्र नभई वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी निर्माण गर्नु हुनुपर्छ,’ श्रेष्ठले भने।

उनले चिनियाँ पर्यटक बढाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने तथा आगामी डिसेम्बरमा काठमाडौंमा हुने ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चिनियाँ कम्पनीको सहभागिता बढाउन आग्रह गरे।

राजदूत झाङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्न र दुवै देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तार गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल–चीन सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, प्रविधि, संयुक्त उद्यम, पर्यटन र निर्यातमा आधारित दीर्घकालीन साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताए।

चिनियाँ बजार प्रतिस्पर्धात्मक भएकाले नेपाली व्यवसायीले उत्पादनको गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र परिमाणमा विशेष ध्यान दिनुपर्ने उनले बताए। नेपाली व्यवसायीको क्षमता अभिवृद्धिमा चीन सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षद्वय कृष्णप्रसाद शर्मा र नरेशलाल श्रेष्ठ तथा बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठलगायत सहभागी थिए। उनीहरूले द्विपक्षीय व्यापार असन्तुलन घटाउन नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तारका लागि थप सहजीकरण आवश्यक रहेको बताए।

2