Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त
अ+ अ-

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ। पाँडेले साउन २९ गतेदेखि पदभार ग्रहण गरेका हुन्।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत संस्थामा विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्।

उनले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक गरेका छन्।

पाँडेसँग रणनीतिक योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स र ट्रान्जेक्सन बैंकिङमा लामो अनुभव छ।

त्यस्तै, मर्जर तथा एक्विजिसन, संस्थागत एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो र हरित बैंकिङका क्षेत्रमा पनि उनको अनुभव रहेको बैंकले जनाएको छ।

नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाह सुधार र रणनीतिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास माछापुच्छ्रे बैंकले व्यक्त गरेको छ।

2