Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निर्यात बढ्दा अर्घाखाँचीको व्यापार उकासियो

अ+ अ-

काठमाडौं । अर्घाखाँची सिमेन्टको व्यापार १४ प्रतिशतले बढेको छ। निर्यातमा सुधारसँगै सिमेन्टको बिक्री परिमाण बढेपछि कम्पनीको व्यापारमा वृद्धि भएको हो।

गत आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीले ४ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको व्यापार करिब ३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्षभर कम्पनीले ५ अर्ब ८७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख र सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीका अनुसार गत आर्थिक वर्षको नौ महिनामा बिक्री परिमाण बढेसँगै व्यापारमा सुधार आएको हो। विशेषगरी निर्यातमा भएको वृद्धिले कम्पनीको बिक्री विस्तारमा योगदान गरेको छ।

कम्पनीको कुल व्यापारमा निर्यातको हिस्सा सन् २०२४ मा १२ प्रतिशत थियो। सन् २०२५ मा घटेर ५ प्रतिशतमा झरेको निर्यात हिस्सा गत आर्थिक वर्षको नौ महिनामा पुनः बढेर १२ प्रतिशत पुगेको छ।

व्यापार बढेसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा २२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षको नौ महिनामा २५ प्रतिशत पुगेको छ।

कम्पनीको वित्तीय अवस्था पनि तुलनात्मक रूपमा बलियो देखिएको छ। गत आर्थिक वर्षको नौ महिनामा कम्पनीको गियरिङ अनुपात ०.७२ गुणा छ। कम्पनीको कुल ऋण सञ्चालन नाफाको २.१३ गुणा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात २.८५ गुणा थियो।

त्यस्तै, ऋण सेवा कवरेज अनुपात २.९५ गुणा पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात २.०५ गुणा थियो। कम्पनीको ऋण तथा सञ्चालन क्षमतासँग सम्बन्धित अन्य वित्तीय सूचकमा समेत सुधार देखिएको छ।

सन् १९९८ मा डाइनेस्टी इन्डष्ट्रिज नेपालको नाममा स्थापना भएको कम्पनी सन् २०११ मा अर्घाखाँची सिमेन्ट प्रालिमा परिणत भएको थियो। सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएपछि कम्पनीको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड कायम गरिएको हो।

कम्पनीले क्लिङ्कर तथा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने क्षमता र ८ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने ग्रान्डिङ क्षमता रहेको छ।

कम्पनीमा सिद्धार्थ समूहको ३५ प्रतिशत, मुरारका समूहको ३० प्रतिशत, केडिया समूहको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ४ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ। इक्रा नेपालबाट २ अर्ब २७ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र १ अर्ब ७९ करोड ७० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एफोर प्लस रेटिङ प्राप्त गरेको छ।

2