काठमाडौं । शाओमीले रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, उच्च रिफ्रेस रेटको डिस्प्ले र नयाँ पुस्ताको प्रोसेसरसहितका यी फोनलाई दैनिक प्रयोगका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ ।
दुवै फोनमा ७ हजार ५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ४५ वाट टर्बो चार्जिङ र २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि रहेको छ । रिभर्स चार्जिङमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी अन्य उपकरणसमेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
दुवै मोडलमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर छ भने रेडमी १७ ५जीमा स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्याम प्रयोग गर्न सकिने सुविधा छ ।
क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल अगाडिको क्यामेरा दिइएको छ । डुअल–भ्यु भिडियो रेकर्डिङ, डुअल स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक तथा एनएफसी सुविधा पनि रहेका छन् ।
करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ ।
रेडमी १७ को मूल्य
रेडमी १७ कालो, गाढा नीलो, ओक हरियो र लोटस बैजनी रंगमा उपलब्ध हुनेछ । ४ जीबी र्याम तथा १२८ जीबी भण्डारण संस्करणको मूल्य २७ हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा १२८ जीबी भण्डारण संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
रेडमी १७ ५जी को मूल्य
रेडमी १७ ५जी कालो, गाढा नीलो र चम्किलो सुन्तला रंगमा उपलब्ध हुनेछ । ४ जीबी र्याम तथा १२८ जीबी भण्डारणको मूल्य ३३ हजार ९९९ रुपैयाँ, ४ जीबी र्याम तथा २५६ जीबीको ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा २५६ जीबी संस्करणको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
