Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

६४ सय करोडको रामायणको ठूलो दाउ

अ+ अ-

एजेन्सी । रणवीर कपुर, साई पल्लवी र यश अभिनित ‘रामायण’ भारतीय सिनेमाको सबैभन्दा महँगो र महत्वाकांक्षी चलचित्र परियोजनामध्ये एक बनेको छ। नितेश तिवारी निर्देशित दुई भागको चलचित्रमा करिब ६४ सय करोड रुपैयाँ लगानी हुँदैछ।

निर्माता नमित मल्होत्राका अनुसार चलचित्रलाई भारतका करिब ९ हजारसहित विश्वभर ५० हजारभन्दा बढी स्क्रिनमा पुर्‍याउने लक्ष्य छ। यसको विश्वव्यापी वितरण सोनी पिक्चर्सले गर्नेछ।

उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया, मध्यपूर्व र दक्षिणपूर्वी एसियालाई मुख्य बजार बनाइएको छ। ‘दंगल’, ‘बाहुबली’, ‘आरआरआर’, ‘पठान’ र ‘कल्की २८९८ एडी’ले विदेशी बजारमा सफलता पाए पनि ‘रामायण’को लक्ष्य प्रवासी भारतीयभन्दा बाहिरका दर्शकसम्म पुग्नु हो।

चलचित्र विभिन्न भारतीय भाषासँगै अंग्रेजीमा पनि तयार हुँदैछ। निर्माण टोलीले अन्तर्राष्ट्रिय बजारका लागि करिब दुई वर्ष तयारी गरेको जनाएको छ।

यति ठूलो बजेट उठाउन भारतीय बजार मात्र पर्याप्त नहुने भएकाले अन्तर्राष्ट्रिय दर्शक आकर्षित गर्नु चलचित्रको मुख्य चुनौती बनेको छ। प्रचारप्रसारमा पनि हलिउडस्तरको ठूलो बजेट खर्च हुने निर्माण पक्षले जनाएको छ।

भारतीय फिल्म उद्योगका जानकारले रामायण र महाभारतलाई भारतका ‘मार्भल’ र ‘डीसी’ जस्तै विश्वव्यापी बौद्धिक सम्पत्तिमा विकास गर्न सकिने सम्भावना औंल्याएका छन्।

‘रामायण’ सफल भए भारतीय पौराणिक कथाका लागि विश्वव्यापी बजार विस्तार हुने अपेक्षा गरिएको छ। असफल भए भने ६४ सय करोडको लगानी नै भारतीय सिनेमाको सबैभन्दा ठूलो जोखिममध्ये एक बन्नेछ।

2