Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गाजाका लागि अमेरिकाको २० करोड

अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय शान्ति सेना आईएसएफका लागि २० करोड ६० लाख डलरभन्दा बढी बजेट विनियोजन गरेको छ। युद्धबाट ध्वस्त गाजाको सुरक्षा र पुनर्निर्माणका लागि अमेरिकी योजनाअन्तर्गत यो पहिलो ठूलो बजेट हो।

रोयटर्सले प्राप्त गरेको जुलाई ३० का दुई सूचनाअनुसार अमेरिकी विदेश मन्त्रालयले आईएसएफका लागि २० करोड डलर उपकरण, पूर्वाधार, सवारीसाधन र सञ्चालन खर्चमा छुट्याएको छ। थप ६० लाख डलर अमेरिकी सशस्त्र सवारीसाधन परिमार्जनमा खर्च गरिनेछ।

संसद्का प्रमुख विनियोजन तथा वैदेशिक मामिला समितिलाई पठाइएका यी सूचना यसअघि सार्वजनिक भएका थिएनन्। बजेट विनियोजनले इजरायल र हमासबीच ट्रम्पको शान्ति योजनाका विषयमा सहमति नजुटे पनि अमेरिकी प्रशासन आफ्नो योजनामा अघि बढिरहेको संकेत गरेको छ।

प्रस्तावित आईएसएफले गाजामा सुरक्षा व्यवस्था सम्हाल्ने, पूर्ण निःशस्त्रीकरणमा सहयोग गर्ने तथा मानवीय सहायता र पुनर्निर्माण सामग्रीको सुरक्षित वितरणमा सहजीकरण गर्नेछ। इजरायली सेना फिर्ता भएपछि गाजाका विभिन्न क्षेत्रमा सुरक्षा कायम गर्ने र नयाँ प्यालेस्टिनी प्रहरीलाई तालिम दिने योजना छ।

ट्रम्पले गाजा युद्ध अन्त्य र पुनर्निर्माणका लागि बोर्ड अफ पिस गठन गरेका छन्। बोर्डले गाजाको पुनर्निर्माणका लागि यसअघि सदस्य राष्ट्रबाट १७ अर्ब डलर प्रतिबद्धता प्राप्त गरेको थियो। तर त्यसको थोरै हिस्सा मात्र जुटेको रोयटर्सले जनाएको छ।

आईएसएफमा हालसम्म इन्डोनेसिया, मोरक्को, कजाकिस्तान, कोसोभो र अल्बानियाले सेना पठाउने प्रतिबद्धता जनाएका छन्। इजिप्ट र जोर्डनले भने प्यालेस्टिनी प्रहरीलाई तालिम दिन सहमति जनाएका छन्।

अमेरिकाले यसअघि नेपालका लागि पठाउन लागिएका नौवटा सशस्त्र सवारीसाधनसमेत आईएसएफको सहयोगका लागि परिमार्जन गरिरहेको छ। ती उपकरण सुरुमा अल्बानिया र कोसोभोले प्राप्त गर्नेछन्।

यद्यपि आईएसएफ कहिलेदेखि गाजामा तैनाथ हुन्छ भन्ने अझै स्पष्ट छैन। इजरायल र हमासबीच युद्धविराम तथा निःशस्त्रीकरणका विषयमा मतभेद कायम छन्। इजरायलले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म सेना फिर्ता नगर्ने अडान राखेको छ भने हमासले इजरायलले आक्रमण रोक्ने र सेना फिर्ता गरेपछि मात्र आफ्नो प्रतिबद्धता कार्यान्वयन हुने बताउँदै आएको छ।

यसबीच ट्रम्पका दूत जेरेड कुश्नरले हमासका अधिकारी र इजरायली नेतृत्वसँग वार्ता गरे पनि निर्णायक सहमति जुट्न सकेको छैन।

अमेरिकी विदेश मन्त्रालयले भने ट्रम्पको २१ बुँदे शान्ति योजनाको पूर्ण कार्यान्वयनमा आईएसएफ महत्वपूर्ण हिस्सा रहेको भन्दै योजना अघि बढिरहेको जनाएको छ।

गाजामा युद्धका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। युद्धविरामपछि पनि हिंसा पूर्ण रूपमा रोकिएको छैन। आईएसएफको प्रस्तावित तैनाथीले गाजाको सुरक्षा, सहायता वितरण र पुनर्निर्माणलाई नयाँ चरणमा लैजाने अमेरिकी अपेक्षा छ।

2