Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भवन, सडक–पुल तथा विद्युत आयोजनामा क्षति, तत्काल राहत–उद्धारमा खट्न निर्देशन

भवन, सडक–पुल तथा विद्युत आयोजनामा क्षति, तत्काल राहत–उद्धारमा खट्न निर्देशन
A A+ A-

रसुवा। भोटेकोशी नदीमा अकास्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।

बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ । प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीबाट रसुवागढीस्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत्गृहमा समेत क्षति पुगेको छ ।

यसैगरी, रसुवागढी जलविद्युत् आयोजना पूर्णरुपमा प्रभावित भएको र चिलिमे जलविद्युत् आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको, राष्ट्रिय प्रसारणलाइनमा समेत क्षति पुगेको छ ।

बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किमी सडक बगाएको छ । त्यस्तै दुई वटा विद्युत्गृहको पहुँचमार्गमा रहेका दुई पुलसहित त्रिशूली–रसुवागढी सडकमार्गमा रहेको दुई वटा पक्की पुलसमेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बाढीबाट जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नंं ४ र ५ स्थित नदी तटीय क्षेत्रका बजार र वस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले वेत्रावती बजारलाई समेत बाढीले क्षति पुर्याएको बताए ।

यसैबीच, नेपाल सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्क विहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।

2