Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

तिहारमा मिठाई र बत्तीको व्यापार

तिहारमा मिठाई र बत्तीको व्यापार
A A+ A-

सुनसरी– तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहेका छन् ।

उनले भने, ‘बिहान र साँझ बजार राम्रो चल्छ । दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीडभाड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ, तिहार खर्च यसै व्यापारबाट जोहो गर्ने हो ।’

तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।

धरान सब्जीमन्डीका झिलीमिली बत्तीका व्यापारी राजन कोइरालाले पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलीमिली बत्तीको माग बढेको बताए । उनले भने, ‘अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ ।’

अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलीमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता भने दैनिक ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको व्यापारी कोइरालाले बताए ।

धरानको मुख्य बजार, भानुचोक, सब्जीमण्डी र पुरानो बजारलगायत क्षेत्रमा बत्ती, फूलमाला तथा तिहारका अन्य सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीडले बजार थप व्यस्त बनेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताए । उनले भने, ‘तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । कहिलेकाहीँ भीडका कारण पसल वरिपरि आवागमन गर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको छ ।’

सडकपेटीमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरी ग्राहक तथा व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको उनले बताए ।

तिहारको समयमा साना व्यापारीले पनि केही दिनको व्यापारबाट आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने महासचिव खतिवडाको भनाइ छ । बजारमा ग्राहकको चहलपहल बढेसँगै साना व्यापारीमा पनि उत्साह भने थपिएको छ ।

2