Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
A A+ A-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्‍यापिड याक्सन टिम (र्‍याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ ।

रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो ।

पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणालीमार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ ।

रास्वपाले विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट बच्न सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै, सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

विपद् व्यवस्थापनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न रास्वपाले आधिकारिक, राजनीतिक तथा साङ्गठनिक सम्पूर्ण पूर्वनिर्धारित गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ । उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारीपूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको पार्टी महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

2