Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर

उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
A A+ A-

सुनसरी। बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर भने तन्नेरीको जस्तै छ । बिहान सबेरै उठेर तरकारी बारी पस्ने उहाँ बेलुका अबेरसम्म पनि उतै व्यस्त हुन्छन् ।

बिहानै बारीमा पसेर काँक्रा, बोडी, घिरौँला, लौका, सागपात, खोर्सानी र गोलभेँडाको स्याहार गर्दागर्दै उनलाई समय बितेको पत्तै हुँदैन । तरकारी बारीमा दिन बिताउने चौधरीलाई उमेरले काम गर्न छेकेको छैन । चौधरीको लयमा श्रीमती, छोरा, बुहारी पनि कृषि कर्ममा जुट्दै आएका छन् । परिवारका सबै सदस्यको साथ पाएपछि तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको चौधरी बताउँछन् ।

“हाल चार बिगाहामा विभिन्न प्रकारका मौसमी तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु । बारीभरि लटरम्मै तरकारी फल्छ । न रोजगारीको अभाव छ, न घर खर्च टार्न समस्या । वर्षभरि टिप्न र बेच्न भ्याइन भ्याइ हुन्छ,” उनले भने ।

परिश्रम र आत्मनिर्भरताको उदाहरण बनेका चौधरीले तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक रु पाँच लाख बचत गर्ने गरेको सुनाए । उनले २०७८ सालमा रितिका कृषि फार्म दर्ता गरी एक बिगाहा जमिनबाट तरकारी खेती सुरु गरेका थिए । अहिले खेती विस्तार गरी चार बिगाहा पुर्‍याउनु भएको छ । यही उद्यममा अहिले परिवारका सबै सदस्य रमाइरहेको उनको भनाइ छ ।

“आराम गरेर घरमा बस्ने उमेर त हो तर पहिलेदेखि नै काम गर्ने बानी छ । अब बानी बस्यो, काम नगरी बस्नै सकिँदैन । सकुन्जेल गर्ने हो । हातखुट्टा चलेका छन्, तागत छँदै छ,” चौधरीले भने । उनले गाई, गोरु, बाख्रा र स्थानीय जातका कुखुरा पाल्दै आएका छन् ।

“घरैमा पालेका चौपायाबाट प्राप्त हुने जैविक मललाई तरकारी खेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ र प्राकृतिक उत्पादन गर्न सहयोग पुगेको छ,” उनले सुनाए ।

उनको बारीमा उत्पादन भएको तरकारी सुनसरीका चक्रघट्टी, कालाबन्जर, बाङ्गे, चतरालगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ । तरकारी बिक्रीका लागि बजारको समस्या नरहेको चौधरी बताउँछन् । धेरैजसो व्यापारी फार्ममा आएर तरकारी लैजाने गरेका छन् ।

“व्यापारी फार्ममा लिन आउँछन् । बजार मूल्य भन्दा केही कममा तरकारी दिने गरेका छौँ । यसले हामीलाई नै सहज भएको छ । नाफा घाटाको धेरै चिन्ता गर्नु पर्दैन,” उनले भने, “आफ्नै बारीमा उत्पादन हुने तरकारीबाट घरको भान्छाको आवश्यकता पूरा हुनुका साथै छोराछोरी तथा नातिनातिनाको पढाइ र घर खर्च चल्दै आएको छ ।

उनको पहिला टिनले बेरेको घर थियो । अहिले तरकारी खेतीबाट प्राप्त भएको आम्दानीले छोराको र आफ्नो घर बनाएको चौधरीले सुनाए । “तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि छोराहरू विदेश जानु पनि परेको छैन । हामीलाई राम्रो छ,” चौधरीले मुस्कुराउँदै भने ।

मुख्य ‘सिजन’मा उनको फार्ममा दैनिक चार पाँच जनाले ज्यालादारीमा काम पाउँछन् । रोजगारी प्रवर्द्धनमा त्यसले सानै भए पनि सहयोग गरेको छ । तरकारी खेतीका लागि बराहक्षेत्र नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ तथा मल उपलब्ध गराउँदै आएको चौधरीले बताए । दुई वर्षअघि सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान प्राप्त गरेको उनको भनाइ छ । यस्ता अनुदानले तरकारी खेतीमा केही हदसम्म सहयोग पुगेको र उत्पादनमा थप उत्साह मिलेको चौधरीले बताए ।

बराहक्षेत्रका अधिकांश स्थानीय तरकारी खेतीमा आत्मनिर्भर रहेको चौधरीको भनाइ छ । थोरै जग्गामा खेती गरे पनि उत्पादन राम्रो हुने भएकाले आम्दानी सन्तोषजनक हुने गरेको उनी बताउँछन् । बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारी खेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउन नगरपालिका लागिपरेको बताउँछन् ।

स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारी खेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न प्रोत्साहन स्वरूप हरेक वर्ष तालिम तथा अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए । सुनसरी जिल्लामा हाल आठ हजार ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठको भनाइ छ ।

2