Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीले २२ पुल र ४० किलोमिटर सडकमा क्षति

भोटेकोशी बाढीले २२ पुल र ४० किलोमिटर सडकमा क्षति
अ+ अ-

काठमाडौं। भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले त्रिशूली आसपासमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

सडक विभागका अनुसार बाढीले कम्तीमा २२ वटा पुल पूर्ण रूपमा भत्काउनुका साथै करिब ४० किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्रारम्भिक रूपमा १९ पुलमा क्षति पुगेको विवरण आए पनि थप विवरण संकलन गर्दा संख्या २२ पुगेको हो। स्याफ्रुबेँसी सडकखण्डमा सबैभन्दा बढी क्षति भएको छ।

नुवाकोट हुँदै रसुवासम्म विभिन्न ठाउँमा सडक बगेका वा भत्किएका छन्। रसुवाभन्दा माथिल्लो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द छ भने नुवाकोट बजारबाट दुई–तीन किलोमिटर परसम्म पनि सवारी सञ्चालन हुन सकेको छैन। धादिङतर्फ पनि सडक बाढीले बगाएको र पैदल आवागमनसमेत कठिन रहेको विभागले जनाएको छ। त्रिशूलीमाथिको आदमघाट पुलसमेत बाढीले बगाएको छ।

क्षतिग्रस्त सडक र पुल खुलाउन सडक विभागले आवश्यक भारी उपकरण तथा मेसिनरी घटनास्थलमा परिचालन गरेको छ। थप क्षतिको विवरण स्थलगत मूल्यांकनपछि मात्रै स्पष्ट हुने विभागले जनाएको छ।

भन्सार यार्डका ३०० भन्दा बढी सवारी बगे

भोटेकोशी बाढीले चीनबाट आयात भई नेपाल प्रवेशको प्रक्रियामा रहेका ३०० भन्दा बढी सवारीसाधन बगाएको भन्सार विभागले जनाएको छ।

विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार जाँचपासको प्रक्रियामा रहेका तथा जाँचपास भइसकेका सवारीसाधन यार्डमा रहेका बेला अचानक बाढी आएपछि ठूलो क्षति भएको हो।

रसुवा क्षेत्रमा भन्सार तथा नाकासम्बन्धी संरचनामा समेत क्षति पुगेको आशंका गरिएको छ। विभागका उच्च अधिकारी घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन्। पूर्ण विवरण स्थलगत मूल्यांकनपछि मात्रै सार्वजनिक गरिने विभागले जनाएको छ।

2