Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला

भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०, नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् ।

2