Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवामा टेलिकम सेवा सुचारु हुँदै

रसुवामा टेलिकम सेवा सुचारु हुँदै
अ+ अ-

काठमाडौं । बाढी र पहिरोका कारण प्रभावित रसुवालगायत जिल्लामा नेपाल टेलिकमले दूरसञ्चार सेवा पुनर्स्थापनाको काम तीव्र बनाएको छ।

भदौ १० गते बुधबार आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनका विभिन्न क्षेत्रमा टेलिकमको सेवा प्रभावित भएको थियो।

सडक सम्पर्कसमेत टुटेका रसुवाका विकट क्षेत्रमा सेवा सञ्चालन गर्न टेलिकमले हेलिकोप्टरमार्फत आवश्यक उपकरण ढुवानी गरेको छ। न्यौपानेचौर र राम्चे रिपिटर साइटमा जेनेरेटर, ब्याट्रीलगायत उपकरण पुर्‍याइएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार रसुवाका केस्पाङ, ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिन क्षेत्रमा सेवा सुचारु भइसकेको छ। धुन्चेमा पनि जेनेरेटर र इन्धनको व्यवस्था गरी कर्मचारी परिचालन गरिएको छ।

नुवाकोटको मदनपुर, बट्टार र बिदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा पनि सेवा सुचारु गर्ने काम अन्तिम चरणमा पुगेको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

बाढीपहिरोका कारण चार जिल्लाका १५२ वटा बीटीएस साइट प्रभावित भएका थिए। तीमध्ये ९२ वटा सञ्चालनमा आइसकेका छन् भने ६० वटा अझै मर्मतको क्रममा छन्।

जिल्लागत विवरणअनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आउन बाँकी छन्।

टेलिकमले बाँकी साइटहरू पनि छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ। विपद्का बेला नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सेवा निरन्तरता, पूर्वसूचना र सचेतनालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

2