Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीप्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्‍याउन निर्देशन दिएका छन् ।

आज बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवसँगको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उच्चस्तरीय बैठक बैठकमा उक्त निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता थियो । विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएको थियो ।

प्रधानमन्त्रीले क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिएको छ । साथै, बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत् तथा सञ्चार संरचनाहरू यथाशीघ्र सञ्चालनका लागि सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न पनि उनले निर्देशन दिएको जनाइएको छ ।

2