Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग

बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग
A A+ A-

कास्की। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कास्कीका पालिकाले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेका हुन् ।

पोखराले उद्धार तथा स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ । महानगरप्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो ।

“बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले टोली परिचालन गरिएको छ । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्नेछ”, उनले भने ।

मादी गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष देवीजङ्ग गुरुङले बताए।

प्राकृतिक विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेका बेला स्थानीय सरकारहरूको सहयोग र ऐक्यबद्धताले प्रभावित नागरिकलाई राहत मिल्ने विश्वास सहित जनप्रतिनिधि र कर्मचारीबाट सो सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

2