Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीले ऊर्जा, पूर्वाधार र बीमा क्षेत्रमा बढायो जोखिम

भोटेकोशी बाढीले ऊर्जा, पूर्वाधार र बीमा क्षेत्रमा बढायो जोखिम
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले ऊर्जा, पूर्वाधार र निर्जीवन बीमा क्षेत्रमा थप ठूलो चुनौती सिर्जना गरेको छ।

गत वर्षको जेनजी आन्दोलन तथा बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया अझै नसकिँदै आएको नयाँ विपद्ले बीमा कम्पनीमाथि पुनः ठूलो वित्तीय दबाब बढाउने देखिएको छ।

तिब्बत क्षेत्रमा भएको अविरल वर्षा र संरचनागत अवरोधका कारण आएको बाढीले रसुवा र नुवाकोटका सीमावर्ती बजार, सडक तथा पुलमा क्षति पुर्‍याएको छ। रसुवागढी सुक्खा बन्दरगाहसमेत बाढीबाट व्यापक रूपमा प्रभावित भएको छ।

बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ भन्दा बढी ठूला जलविद्युत् आयोजना प्रभावित भएका छन्। ७४८ मेगावाटभन्दा बढी क्षमताका आयोजनासँगै २२० केभी सबस्टेसन तथा प्रसारण संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन र प्रसारण प्रणालीमा समेत असर परेको छ।

यसको प्रारम्भिक असर सेयर बजारमा देखिएको छ। प्रभावित जलविद्युत् कम्पनीको सेयर मूल्यमा गिरावट आउनुका साथै समग्र नेप्से परिसूचकसमेत दबाबमा परेको छ।

नेपाल बीमा प्राधिकरणले रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। कर्मचारी तथा भौतिक संरचनाको सुरक्षालाई प्राथमिकता दिँदै जोखिम कम भएपछि मात्रै सर्भेयर परिचालन गर्न प्राधिकरणले भनेको छ।

बाढीबाट बैंक, बीमा कम्पनी र जलविद्युत् आयोजनामा भएको क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको छ। बीमितलाई सहज, छिटो र सरल प्रक्रियाबाट दाबी भुक्तानी उपलब्ध गराउन तथा क्षतिको प्रारम्भिक विवरण संकलनलाई प्रभावकारी बनाउन प्राधिकरणले बीमकहरूलाई निर्देशन दिएको छ। यद्यपि, क्षतिको यथार्थ विवरण संकलन भएपछि मात्रै कुल बीमा दाबीको आकार स्पष्ट हुने प्राधिकरणले जनाएको छ।

नेपाल बीमक संघले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट क्षति भएका सम्पत्तिका बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

संघले प्रभावित बीमितलाई आवश्यक सहजीकरण गर्न तथा क्षति मूल्यांकन र दाबी भुक्तानी प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउन बीमा कम्पनीहरूबीच समन्वय गर्ने जनाएको छ।

2