udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनले गर्‍यो पृथ्वी–चन्द्रमाबीच ४ लाख किलोमिटर दूरीमा लेजर लिंक परीक्षण

चीनले गर्‍यो पृथ्वी–चन्द्रमाबीच ४ लाख किलोमिटर दूरीमा लेजर लिंक परीक्षण
A A+ A-

काठमाडौँ। चीनले पहिलोपटक पृथ्वी र चन्द्रमाबीच चार लाख किलोमिटरभन्दा बढी दूरीमा दुईतर्फी लेजर सञ्चार सम्पर्क स्थापना गरेको जनाएको छ।

परीक्षणका क्रममा पृथ्वीबाट चन्द्रमातर्फको सञ्चार गति १.२५ मेगाबिट प्रतिसेकेन्ड र चन्द्रमाबाट पृथ्वीतर्फको गति १०० मेगाबिट प्रतिसेकेन्ड पुगेको थियो।

यो उपलब्धिले चन्द्रमाबाट पृथ्वीतर्फ ठूलो आकारका तस्बिर तथा अन्य उच्च क्षमताका तथ्यांक तीव्र गतिमा पठाउन सकिने देखाएको छ।

परीक्षणमा हासिल भएको गतिअनुसार आठ हजार गुणा उच्च गुणस्तरको चन्द्र सतहको एउटा तस्बिर पृथ्वीमा पठाउन करिब १२ सेकेन्ड मात्र लाग्नेछ। परम्परागत पाँच मेगाबिट प्रतिसेकेन्डको सूक्ष्मतरङ्ग सञ्चार प्रणालीबाट सोही तस्बिर पठाउन भने चारदेखि पाँच मिनेट लाग्ने बताइएको छ।

लेजरमा आधारित सञ्चार प्रणालीले परम्परागत रेडियो तथा सूक्ष्मतरङ्ग सञ्चारको तुलनामा उच्च गतिमा ठूलो परिमाणको तथ्यांक प्रसारण गर्न सक्ने भएकाले चीनको अन्तरिक्ष कार्यक्रमका लागि यो महत्वपूर्ण प्राविधिक उपलब्धि मानिएको छ।

चीनले यस प्रविधिलाई आगामी मानवसहितको चन्द्र अभियान, चन्द्र अनुसन्धान केन्द्र निर्माण तथा गहिरो अन्तरिक्ष अन्वेषणमा प्रयोग गर्ने लक्ष्य राखेको छ।

उच्च क्षमताको सञ्चार प्रणाली विकासले चन्द्रमामा वैज्ञानिक अनुसन्धान र त्यहाँबाट पृथ्वीमा तथ्यांक तथा तस्बिर पठाउने क्षमतामा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action