Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

गण्डकमा भेटिए सात शव : नेपालतर्फको बाढीले भारतसम्म पुर्‍याएको आशंका

गण्डकमा भेटिए सात शव : नेपालतर्फको बाढीले भारतसम्म पुर्‍याएको आशंका
A A+ A-

काठमाडौं । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव सीमापारिसम्म देखिन थालेको छ। भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज र कुशीनगरमा गण्डक (नारायणी) नदीमा सात वटा शव फेला परेको छ ।

भारतीय अधिकारीहरूका अनुसार महाराजगन्जमा चार र कुशीनगरमा तीन गरी नदीबाट सात शव निकालिएका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। उनीहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार तथा निगरानी टोलीले नदीमा गस्ती गर्ने क्रममा पानीमा तैरिरहेका अवस्थामा शव देखेपछि मोटरबोटको प्रयोग गरी बाहिर निकालेको थियो। त्यसपछि शवहरू सम्बन्धित जिल्ला सदरमुकाम पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

महाराजगन्जको निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चार शव फेला परेका थिए। तीमध्ये तीन महिला र एक पुरुष छन्।

गुप्ताले शवहरू माथिल्लो भेग अर्थात् नेपालबाट बगेर आएको हुन सक्ने सम्भावना रहेको बताएका छन्। घटनापछि भारतीय प्रशासनले नेपालका सम्बन्धित निकायसँग समेत समन्वय गरिरहेको छ।

उता, कुशीनगरमा फेला परेका तीन शवमध्ये दुई महिला र एक पुरुष रहेका छन्। कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार तीनै शव सुरक्षित रूपमा फ्रिजरमा राखिएको छ र उनीहरूको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।

नेपालमा आएको बाढीका कारण गण्डक नदीमा पानीको बहाव बढेका बेला सीमापारि एकै पटक ठूलो संख्यामा शव भेटिनुले घटनालाई थप संवेदनशील बनाएको छ। तर, ती शव नेपालबाटै बगेर भारत पुगेका हुन् भन्ने विषयमा औपचारिक पुष्टि भने भइसकेको छैन।

भारतीय प्रशासनले शवको पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउन प्रक्रिया अघि बढाएको छ भने नेपाल प्रशासनसँग समेत निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

2