Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले ल्यायो विनाशकारी हिमबाढी

वैज्ञानिक अध्ययनले लाङटाङ लिरुङको उत्तरी भागबाट हिउँको ठूलो हिस्सा चोइटिएर ल्हेन्दे खोला हुँदै भोटेकोशीमा मिसिएपछि उच्च वेगको हिमबाढी नेपाल प्रवेश गरेको पुष्टि गरेको छ ।

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले ल्यायो विनाशकारी हिमबाढी
A A+ A-

काठमाडौँ। लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि त्यसले उच्च वेगको विनाशकारी हिमबाढी सिर्जना गरेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ ।

चीन र नेपालका हिम वैज्ञानिकहरूले भूउपग्रह तथा ड्रोनबाट खिचिएका तस्बिरको विश्लेषण गर्दै हिमालको ठूलो हिस्सा चोइटिएर ल्हेन्दे खोलामा खसेको र त्यहाँबाट भोटेकोशी हुँदै बाढी नेपाल प्रवेश गरेको निष्कर्ष निकालेका हुन् । उक्त निष्कर्षलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत स्वीकार गरेको छ ।

हिमबाढी आएको बुधबार उक्त क्षेत्रबाट करिब दुई करोड घनमिटर पानी भोटेकोशी हुँदै चितवनको देवघाटसम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्य अवस्थामा बग्ने पानीको घनत्वलाई आधार मानेर उक्त परिमाणको अनुमान गरिएको बाढीविज्ञ विनोद पराजुलीले बताउनुभयो ।

तर हिमबाढीको जोखिम अझै टरेको छैन । बाढीको उद्गमस्थलमा बनेको तालमा पानीको मात्रा बढिरहेकाले ताल फुट्ने जोखिम कायम रहेको विज्ञहरूले बताएका छन् ।

तालबाट पानी ओभरफ्लो

बाढीविज्ञ पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्यधिक पानी ड्यामबाट बाहिरिएको छ । त्यसपछि दिउँसोको तुलनामा भोटेकोशीमा पानीको बहाव बढेको हो ।

चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा नदीको बहाव बढेको सूचना आएलगत्तै काठमाडौँमा पनि जानकारी आएको उहाँले बताउनुभयो ।

“ताल फुटेर बहाव बढेको हो वा बढी पानी ओभरफ्लो भएर नदीमा मिसिएकाले बहाव बढेको हो भन्ने कुरा राति अबेरसम्म यकिन भएको छैन,” पराजुलीले भन्नुभयो, “यसका लागि चिनियाँ पक्षसँग निरन्तर सम्पर्क गरेर थप जानकारी लिने प्रयास भइरहेको छ ।”

नदीको बहाव बढेपछि त्रिशूली नदीको तटीय क्षेत्र हुँदै चितवनको मुग्लिङसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पराजुलीका अनुसार हालको अवस्था बुधबारको जस्तो विनाशकारी भने छैन । “पानी ओभरफ्लो भएर तल झरेको छ, जसले भोटेकोशीमा सामान्य बाढी बढाएको अवस्था हो । बुधबारको जस्तो कडा बाढी छैन,” उहाँले भन्नुभयो ।

यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र अन्य समूहलाई निरन्तर सूचना, फोन तथा सन्देशमार्फत सतर्क गराइएको छ ।

नेपाल र चीन दुवैतर्फ जोखिम

नेपाल–चीन सीमाक्षेत्रको नदीको माथिल्लो भागमा हिउँ र चट्टानसहितको हिमपहिरो खसेपछि त्यसले नदी थुनेर ताल बनाएको र त्यसबाट आएको बाढीको प्रभाव दुवै देशमा परेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा दूतावासले नेपाल र चीन दुवैतर्फ उद्धार तथा आपत्कालीन प्रतिकार्य अहिले अत्यन्त महत्त्वपूर्ण चरणमा रहेको जनाएको छ ।

तालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्न दूतावासले आग्रह गरेको छ । अत्यधिक सतर्क रहन तथा सम्भावित जोखिम रोकथाम र आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ ।

नेपाल र चीन दुवैतर्फ सम्बन्धित निकायबीच समन्वय गरी अवस्थाको अनुगमन, जोखिम मूल्याङ्कन तथा व्यवस्थापन भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले आमनागरिकलाई आधिकारिक सूचनामात्र पालना गर्न, अप्रमाणित सूचना र हल्लाबाट टाढा रहन तथा अनावश्यक भय सिर्जना नगर्न आग्रह गरेको छ ।

बाढीले बगायो पाँच जलमापन केन्द्र

भोटेकोशीमा आएको बाढीले जल तथा मौसम विज्ञान विभागका पाँच वटा जलमापन केन्द्र बगाएको छ । केन्द्रहरू क्षतिग्रस्त भएपछि दुई दिनयता नदीको जलसतहसम्बन्धी प्रत्यक्ष वैज्ञानिक सूचना प्राप्त हुन सकेको छैन ।

पराजुलीका अनुसार विभागले स्थापना गरेका रसुवा, स्याफ्रुबेँसी, लाङटाङ, बेत्रावती र मलेखुका जलमापन केन्द्र बाढीले बगाएको हो ।

“यसले बाढीको सतह कति बढ्यो भनेर वैज्ञानिक रूपमा कसरी जानकारी लिने भन्ने चिन्ता बढाएको छ,” उहाँले भन्नुभयो, “शनिबार रसुवामा सिसिटिभी राखेर भए पनि बाढी अनुगमन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे अध्ययन गर्न हामी जाँदै छौँ ।”

जलमापन केन्द्रहरू नै बगेपछि नदीको वास्तविक बहाव र जलसतहको तत्कालीन अवस्था आकलन गर्न थप चुनौती उत्पन्न भएको छ ।

४५० वर्षपछिको ठूलो हिमबाढी?

हिम अध्येता डा. रिजनभक्त कायस्थका अनुसार नेपालमा यति ठूलो विनाश निम्त्याउने हिमबाढी करिब ४५० वर्षपछि आएको हुन सक्छ ।

उहाँका अनुसार यसअघि यस्तै प्रकृतिको ठूलो हिमबाढी पोखरा उपत्यकामा आएको अध्ययनले देखाएको छ । उक्त विपत्तिले तत्कालीन पोखरा क्षेत्र नै पुरिएको उहाँले बताउनुभयो ।

अर्का हिम अध्येता डा. सुदीप ठकुरीले दक्षिण एसिया क्षेत्रमै यति ठूलो हिमबाढी आएको यो पहिलो घटना हुन सक्ने अनुमान गर्नुभएको छ ।

वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिउँ तथा हिमनदी पग्लिने गति तीव्र बनाइरहेको छ । यससँगै हिमताल बन्ने, तालको पानी अस्थिर हुने र अचानक विस्फोट वा ओभरफ्लो भएर तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आउने जोखिम पनि बढ्दै गएको छ ।

लाङटाङको पछिल्लो घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जित जोखिम अब भविष्यको सम्भावित संकट मात्र नभई तत्काल व्यवस्थापन गर्नुपर्ने विपत्का रूपमा देखा परेको संकेत गरेको छ ।

2