Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपहिरोका शव पहिचान गर्न भरतपुरमा चार फरेन्सिक टोली परिचालन

५० शवको डिएनए नमुना सङ्कलन, चाप बढेपछि अस्पतालबाहिर समेत अस्थायी शव व्यवस्थापन; चितवनमा मात्रै २३० भन्दा बढी शव फेला

बाढीपहिरोका शव पहिचान गर्न भरतपुरमा चार फरेन्सिक टोली परिचालन
अ+ अ-

चितवन। बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन र पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विशेषज्ञ टोली परिचालन गरिएको छ । विभिन्न जिल्लाबाट ल्याइएका शवको पोस्टमार्टमसँगै पहिचानका लागि डिएनए नमुना सङ्कलन भइरहेको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार फरेन्सिक विशेषज्ञ डा. कश्यप श्रेष्ठ र डा. सुरज शर्माको नेतृत्वमा चार समूह बनाएर पोस्टमार्टम तथा शव पहिचानको काम भइरहेको छ । शव व्यवस्थापनका लागि प्रहरीसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

शवको चाप बढेपछि फरेन्सिक जनशक्ति थप गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालबाट फरेन्सिक विशेषज्ञ बोलाएर परिचालन गरिएको छ भने नेपाल मेडिकल कलेजबाट पनि थप विशेषज्ञ ल्याइएको अस्पतालले जनाएको छ ।

डा. बगालेका अनुसार प्रत्येक शवको पोस्टमार्टमसँगै पहिचानका लागि आवश्यक डिएनए नमुना सङ्कलन भइरहेको छ । हालसम्म ५० शवको डिएनए नमुना सङ्कलन गरिएको छ । सङ्कलित नमुना आवश्यक परेको अवस्थामा शव पहिचानका लागि प्रयोग गरिनेछ ।

भरतपुर अस्पतालको शव राख्ने क्षमता सीमित भएपछि पोस्टमार्टम सकिएका शवलाई अन्य सरकारी भवनमा सुरक्षित रूपमा राख्न थालिएको छ । त्यसका लागि सरकारी भवनमा ¥याक निर्माणसमेत भइरहेको अस्पतालले जनाएको छ ।

आफन्तले कुनै शव आफ्नो परिवारका सदस्यको भएको दाबी गरेमा आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी पहिचान पुष्टि भएपछि शव बुझाउने गरिएको छ ।

चितवनमा मात्रै २३० भन्दा बढी शव

बाढीमा बगेर आएका शव रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीका नदी किनारमा फेला परेका छन् । ठूलो सङ्ख्यामा शव भेटिएपछि प्रभावित जिल्लाका अस्पताल तथा शवगृहमा ठाउँको अभाव हुन थालेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा मात्रै २३० भन्दा बढी शव फेला परिसकेका छन् । तीमध्ये हालसम्म दुई शव मात्र पहिचान भई आफन्तको जिम्मा लगाइएको छ ।

“एउटा सरकारी भवनलाई चिसो बनाएर शव राखिरहेका छौँ,” अर्यालले भन्नुभयो ।

शव सुरक्षित राख्ने ठाउँको अभावसँगै पहिचानका लागि आफन्त सम्पर्कमा नआउँदा व्यवस्थापन थप जटिल बनेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा एकपटकमा २४ शव राख्न सक्ने क्षमता रहेको छ ।

नवलपरासीमा १३४ शव

पूर्वी नवलपरासीमा हालसम्म १३४ शव प्राप्त भएको छ । शव राख्ने ठाउँको अभाव भएपछि केही शव अन्य जिल्लामा पठाइएको छ ।

प्राप्त शवमध्ये ४१ वटा पोखरा पठाइएको छ भने आठ वटा जिल्ला अस्पतालमा राखिएको छ । गैँडाकोट नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा ३६, मध्यविन्दु प्रादेशिक अस्पतालमा ४१ र मध्यविन्दु नगर अस्पतालमा पाँच शव राखिएको छ । घटनास्थलमा अझै तीन शव रहेको जनाइएको छ ।

पूर्वी नवलपरासी विपत् व्यवस्थापन शाखाका आशिष श्रेष्ठका अनुसार उपलब्ध स्वास्थ्य संस्था र अस्पतालको क्षमताअनुसार शव व्यवस्थापन गरिएको हो । ठाउँको अभाव भएपछि गण्डकी अस्पताल पोखरा तथा विभिन्न पालिकाका अस्पतालमा समेत शव पठाइएको उहाँले बताउनुभयो ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार शव राख्ने पर्याप्त स्थान नभएकाले उपलब्ध खाली भवन तथा अस्पतालमा अस्थायी व्यवस्थापन गर्नुपरेको हो ।

पोखरामा पनि बढ्दो चाप

बाढी प्रभावित विभिन्न जिल्लाबाट ल्याइएका शवका कारण पोखरामा पनि शव व्यवस्थापनको चाप बढेको छ ।

गण्डकी प्रदेशका गोरखा, नवलपुर र तनहुँलगायत जिल्लामा फेला परेका शवमध्ये ठूलो सङ्ख्या पोखरा ल्याइएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार विभिन्न जिल्लाबाट हालसम्म १०२ शव कास्की ल्याइएको छ ।

उहाँका अनुसार नवलपरासी, गोरखा, तनहुँ र धादिङलगायत जिल्लाबाट ल्याइएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । हालसम्म एक शवको मात्र पहिचान भएको उहाँले जानकारी दिनुभयो ।

पहिचान र अभिलेखीकरणमा समन्वयको चुनौती

बाढी प्रभावित क्षेत्रमा शवको सङ्ख्या बढ्दै गएपछि सुरक्षित चिस्यानयुक्त स्थानको व्यवस्था, शवको अभिलेखीकरण, डिएनएलगायत आवश्यक नमुना सङ्कलन र आफन्तसँग समन्वयलाई तत्काल प्राथमिकता दिनुपर्ने अधिकारीहरूले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार पहिचान र कानुनी प्रक्रिया पूरा भएपछि मात्र शवको अन्तिम संस्कार गर्नुपर्ने भएकाले ठूलो सङ्ख्यामा शव पहिचानविहीन रहनु चुनौतीपूर्ण बनेको छ ।

प्रहरी, जिल्ला प्रशासन, अस्पताल, स्वास्थ्य संस्था र स्थानीय तहबीच प्रभावकारी समन्वयबिना शवको सुरक्षित संरक्षण, वैज्ञानिक पहिचान र कानुनी प्रक्रिया पूरा गर्न कठिन हुने उहाँको भनाइ छ ।

बाढीपछि उद्धारको चरणसँगै अब शवको सुरक्षित संरक्षण, वैज्ञानिक पहिचान र परिवारलाई हस्तान्तरण अर्को ठूलो मानवीय चुनौती बनेको छ ।

2