काठमाडौँ। भोटेकोशी बाढीका कारण तीन दिनदेखि अवरुद्ध काठमाडौँ–नारायणगढ पृथ्वी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।
बाढीले सडकमा क्षति पुर्याएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालन रोकिएको थियो । क्षतिग्रस्त सडकको सफाइ तथा मर्मतपछि बुधबार रातिदेखि यातायात सञ्चालनका लागि मार्ग खुलेको हो ।
प्रहरीका अनुसार धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । उक्त खण्डबाहेक राजमार्गका अन्य सबै स्थानमा दुईतर्फी यातायात सहज रूपमा सञ्चालन भइरहेको छ ।
