Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्न सकिने

ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्न सकिने
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार विपद्का समयमा सर्वसाधारणले सहज रूपमा राहत कोषमा रकम योगदान गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको हो।

ग्राहकले ग्लोबल स्मार्ट प्लस एपमा उपलब्ध सुविधामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता छनोट गरी आफ्नो नाम र सहयोग रकम उल्लेख गरेर रकम पठाउन सक्नेछन्। यसका लागि बैंकको शाखामा पुग्नुपर्ने वा छुट्टै भुक्तानी प्रक्रिया पूरा गर्नुपर्ने छैन।

बैंकले डिजिटल बैंकिङलाई दैनिक वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका काममा समेत प्रयोग गर्दै आएको जनाएको छ। विपद्का बेला प्रविधिमार्फत सहयोग रकम संकलनलाई सहज बनाउने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र पहुँचयोग्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिएको जनाएको छ।

2