Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित
काठमाडौँ, २५ साउन : सङ्घीय संसद भवन सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुँदै परराष्ट्रमन्त्री शिशिर खनाल । तस्बिर : गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण स्थगित गरेका छन्। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधवार आएको बाढीपछि मन्त्री खनालले भ्रमणमा नजाने भएकाे मन्त्री खनालकाे सचिवालयले जनाएकाे छ।

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।

बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदै छ।

मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।

2