Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध

बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध
अ+ अ-

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले हालको विपद्को अवस्थामा आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ।

कार्यालयले आज सूचना जारी गरी विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेकाले यसबाट बच्न आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको हो।

कसैले विपद् राहतको नाममा स्क्यान गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरुन्त सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

2