Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

४२० पर्यटक अझै सम्पर्कविहीन

४२० पर्यटक अझै सम्पर्कविहीन
A A+ A-

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा पर्यटक प्रभावित भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डले शनिबार सार्वजनिक गरेको ‘सिचुएसन अपडेट’अनुसार, शनिबार दिउँसो १ः३० बजेसम्म ४२० जना पर्यटक अझै सम्पर्कविहीन छन्।

पछिल्लो विवरणअनुसार १८४ जना पर्यटकको उद्धार गरिएको छ भने तीन जना पर्यटक अधिकारीहरूको सम्पर्कमा आएका छन्। उद्धार गरिएका तथा सम्पर्कमा आएका गरी १८७ पर्यटकमध्ये भारतका ११४, चीनका २७ र दक्षिण कोरियाका २० जना छन्। जर्मनी, इटाली, अमेरिका लगायत १५ देशका पर्यटक पनि सुरक्षित फेला परेका छन्।

पर्यटकको खोजी तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छन्।

हराइरहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन अगस्ट २८ मा सिंगापुर र न्युजिल्याण्डका कूटनीतिक प्रतिनिधिले नेपाल पर्यटन बोर्डको भ्रमण गरेका थिए। बोर्डले उनीहरूलाई खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको जानकारी गराएको जनाएको छ।

बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बोर्डले जनाएको छ। यद्यपि, बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही सडकखण्ड अझै प्रभावित छन्। देशका अन्य क्षेत्रमा भने यातायात सञ्चालन सामान्य रहेको बोर्डको भनाइ छ।

नेपाल पर्यटन बोर्डले पर्यटक तथा यात्रुलाई यात्रा सुरु गर्नुअघि सडक र मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

2