Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा रसुवा बाढीपीडितका लागि १५ करोडको राहत कार्यक्रम घोषणा

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा रसुवा बाढीपीडितका लागि १५ करोडको राहत कार्यक्रम घोषणा
अ+ अ-

काठमाडौं- चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यक्रम घोषणा गरेका छन्।

दुवै संस्थाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्। बाढीमा प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूले प्रभावितको सुरक्षा, स्वास्थ्यलाभ तथा पुनर्स्थापनाका लागि बहुचरणमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

चौधरी ग्रुपका अनुसार कार्यक्रमले तत्कालीन राहतदेखि सुरक्षित आवास, पुनर्स्थापना र दीर्घकालीन सामुदायिक उत्थानशीलतासम्मका आवश्यकता सम्बोधन गर्नेछ।

कार्यक्रमको पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराइँदैछ। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल र व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु समावेश छन्। राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको हो। यसका लागि दुवै संस्थाका कर्मचारी स्थानीयस्तरमा परिचालित भइसकेका छन्।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिनेछ। शिविरमा प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवा र रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गर्ने स्वास्थ्य शिविरमा प्राथमिक उपचार, रोग रोकथाम तथा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराइनेछ। शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइका आवश्यक सुविधा पनि राखिनेछन्।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय तहसँग सहकार्य गरिनेछ। स्थायी पुनर्निर्माण पूरा नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने योजना छ।

यी अस्थायी आवास एकाइ भूकम्पपीडितका लागि राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुने जनाइएको छ।

दीर्घकालीन पुनर्निर्माणअन्तर्गत प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ। त्यस्तै, संक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि धुलिखेल अस्पतालसँगको सहकार्यमा केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।

उक्त केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि फैलिन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावितको जीवन रक्षा र उनीहरूलाई खाना, आवास तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताए।

‘तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ,’ उनले भने।

दुवै संस्थाले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म सहायता पारदर्शी र व्यवस्थित रूपमा पुर्‍याउने बताएका छन्।

चौधरी ग्रुपले राष्ट्रिय संकटका समयमा नेपाली नागरिकको साथमा उभिने तथा प्रभावित समुदायलाई सुरक्षित, स्वस्थ र विपद्–प्रतिरोधी भविष्य निर्माण गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरतास्वरूप कार्यक्रम अघि बढाइएको जनाएको छ।

प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको सक्रिय पहलप्रति फाउन्डेसन र बैंकले आभार व्यक्त गरेका छन्। उनीहरूले प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्।

2