Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन
A A+ A-

भोजपुर। मुन्दुम पदमार्गको पर्यटकीय महत्त्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । tourism.koshi.gov.np बाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतको भनाइ छ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।

भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किराँत संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट पदयात्रामा आउने पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास तथा अन्य आर्थिक गतिविधिमासमेत टेवा पुग्नेछ । मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्त्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।

2