Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आइएमई ग्रुपले बाढीपीडितका लागि १० करोड सहयोग गर्ने

आइएमई ग्रुपले बाढीपीडितका लागि १० करोड सहयोग गर्ने
अ+ अ-

काठमाडौं: आइएमई ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।

ग्रुपअन्तर्गतका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, आइएमई खल्तीलगायत कम्पनीमार्फत सहयोग उपलब्ध गराइनेछ। कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने जनाइएको छ।

विदेशबाट नेपालमा सहयोग रकम पठाउँदा निःशुल्क रेमिटेन्स सुविधा तथा खल्ती वालेटमार्फत उद्धार कोषमा निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि ग्रुपले जनाएको छ।

2