Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सुचारु

अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सुचारु
अ+ अ-

चितवन। भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा रोकिएका यातायात सञ्चालनमा आएको छ ।

बिहान भोटेकोसीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारी साधनको आवगमन बन्द गरिएको थियो ।

पानीको बहाव जोखिमपूर्ण नभएको सूचनापछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

​यातायात सञ्चालन भए पनि बाढी–पहिरोको जोखिम अझै समाप्त नभएकाले प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यात्रा गर्दा जोखिमयुक्त स्थानहरूमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न र आफ्नो अनि परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन अनुरोध गरिएको छ। https://nepalnews.com/2026/08/30/the-blocked-narayangadh-mugling-kathmandu-and-pokhara-road-section-has-been-fully-restored/

2